सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छ : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताउनुभएको हो ।
सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरूको खाँचो रहेको कुरा गिरिफिथले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बताउनुभएको हो ।
यस अघिदेखि नै संयुक्त राष्ट्रसङ्घका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले सिरियाको उत्तर पश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताउँदै आएका थिए । तर बुधवार संयुक्त राष्ट्रसङ्घमा ब्रिफिङका क्रममा सहयता प्रमुख गिरिफिथले यहाँ एक करोड १३ लाख मानिसमा यस्तो सहायता चाहिएको बताउनुभएको हो ।
ती नागरिकहरू सिरियामा करिब एक दशकको समयमा द्वन्द्वको चपेटामा परेका छन् । जसका कारणले अहिले आएर आर्थिक सङ्कट थपिएको छ । उनीहरू खाना र बासकै समस्यामा परेका बताइएको छ । ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्रहरू पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पु¥याउन सकिरहेको छैन । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले पछिल्लो समयमा त्यहाँ कोभिडको पनि समस्या उत्पन्न भएको छ ।
सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । यहाँका लाखौँ नागरिक यस हिंसाका कारण विस्थापित पनि हुन पुगेका छन् । साथै ४ लाख भन्दा पनि बढी नागरिकले ज्यान गुमाउनु परेको बताइएको छ ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्