तनहुँको गुणादीमा मृत अवस्थामा चितुवा फेला

तनहुँ । तनहुँको गुणादी स्थित नालीमा मृत अवस्थामा चितुवा फेला परेको छ । जिल्लाको म्याग्दे–२ माथिल्लो गुणादीमा सडक छेउ नालीमा मृत अवस्थामा चितुवा फेला परेको सब डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।
‘उमेर १०–१२ वर्षको वयस्क देखिन्छ ।’ प्रमुख रानाभाटले भन्नुभयो ‘मृत फेला परेको चितुवाको हड्डी, छाला र दाह्रा सकुशल रहेकाले चोरी, सिकारी होइन भन्ने अनुमान छ ।’
अहिले बनको टोली गएर चितुवा डिभिजन बन कार्यालय दमौली ल्याउने तयारी गरिरहेको प्रमुख रानाभाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘मरेको २–३ दिन भएको देखिन्छ, गन्ध आउन थालेको रहेछ ।’
चितुवाको मृत्यु कसरी भएको भन्ने अहिले नखुलेको रानाभाटले जानकारी दिनुभयो । उहाँले अगाडी भन्नुभयो ‘पृथ्वी राजमार्ग नजिक भएको हुँदा सवारीसाधनको सँग ठोक्किएर हो की भन्ने अनुमान छ ।’








प्रतिक्रिया राख्नुहोस्