तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थप

विराटनगर । आज प्रदेश १ सरकारको मन्त्रिमण्डल विस्तार गरिएको छ । विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएका हुन् । 


नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिराकुमार थापा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तम कुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारी हुनुहुन्छ । 


प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासीले आज साँझ मुख्यमन्त्री भीमप्रसाद आचार्यको सिफारिसमा नियुक्त मन्त्री न्यौपाने र थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button