तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ पाल्पाद्वारा पत्रकारहरूको बिमा

पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पाले सदस्य तथा कर्मचारीहरूको बिमा गरिदिएको छ । 

पाल्पा जिल्ला शाखाका सदस्य तथा कर्मचारी गरी एक सय एक जनाको दुर्घटना तथा उपचार खर्च बिमा गरिएको हो ।

महासङ्घले प्रत्येक पत्रकारको एक लाख बिमांकको दुर्घटना बिमा र दश हजार बराबरको उपचार खर्च सहितको महासङ्घका अध्यक्ष रेखिराम रानाले बताउनुभयो । 

बिमित व्यक्तिहरू बिरामी भई उपचार गर्दा लागेको खर्चमा अधिकतम १० हजार खर्च सगरमाथा इन्स्योरेन्स कम्पनीले व्यहोर्ने छ । 

यस्तै कुनै पत्रकारको दुर्घटनामा परी मृत्यु भएका एक लाख रुपैयाँ कम्पनीले उपलब्ध गराउनेछ ।

महासङ्घले पत्रकारको बिमाका लागि सेवा प्रदायक कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता गरेको छ । 

सगरमाथा इन्स्योरेन्स पाल्पा शाखाका प्रबन्धक करुणा काफ्लेले बिमाले पत्रकारको भौतिक सुरक्षा तथा सम्भावित जोखिममा सहयोग पुर्‍याउने बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button