तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशः समाजवादीको दलको नेतामा सोडारी चयन

कैलाली । सुदूरपश्चिम प्रदेश सभा, नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनुभएको छ । 


आज बसेको प्रदेश सभा संसदीय दलको बैठकले दलको नेतामा सोडारीलाई सर्वसम्मत चयन गरेको प्रदेश सभा सदस्य दुर्गा विकले जानकारी दिनुभयो ।


सोडारी हाल प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत हुनुहुन्छ । उहाँलाई सर्वसम्मत रूपले दलको नेता चयन गरिएको विकले बताउनुभयो । 


सभामुखसहित २५ जना प्रदेश सभा सदस्य रहेको एमाले विभाजन भएपछि १४ सांसद सहित नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा पहिलो पार्टी बनेको छ । 


आजको बैठकले संसदीय दलको विधान समेत पारित गरिएको प्रदेश सभा सदस्य विकले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button