तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट १ सय ४ किलो गाँजासहित एक जना पक्राउ

बारा । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट १ सय ४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नं.३ स्थित हाँडी खोला बस्ने वर्ष २८ का बुद्ध बहादुर ब्लोन रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले सो परिमाणको गाँजासहित उनलाई निकुञ्जको कोर क्षेत्र भैंसे खोलाको इलाकाबाट पक्राउ गरेको हो । चार जनाको सङ्ख्यामा रहेका गाँजा तस्करहरूलाई देखेर संयुक्त गस्ती टोलीले लखेट्न थाले पछि तीन जना तस्करहरू गाँजाको पोका फ्याँकेर भागेको र एक जना समातिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताउनुभयो ।

दश वटा पोकामा रहेको १०४ किलो गाँजा र तस्कर ब्लोनलाई गस्ती टोलीले आफ्नो नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको र निकुञ्जबाट अनुसन्धान गरी थप आवश्यक कारबाहीका लागि पर्सा प्रहरीको जिम्मामा लगाइएको सूचना अधिकृत भगतले बताउनु भएको छ ।

गाँजासहित ब्लोनलाई पर्सा जिल्लाको क्षेत्रबाट पक्राउ गरिएको हुनाले गाँजासहित पक्राउ परेका तस्कर ब्लोनलाई पर्सा प्रहरी कै जिम्मामा लगाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button