प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले दल रोज्न पाउने

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका दुई सांसदलाई दल रोज्न पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई दल रोज्न पाउन गरी अन्तरिम आदेश जारी गरेको हो ।
माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी दल दर्ताका क्रममा निवेदनमा नाम नभएको कारण देखाउँदै आयोगले दुवै सांसदको सनाखत गर्न इन्कार गरेको थियो ।
सो निर्णयविरुद्ध निवेदकले एकीकृत समाजवादी रोज्न पाउनुपर्ने भन्दै दायर गरेको रिटमा न्यायाधीशद्वय खतिवडा र सुवेदीको संयुक्त इजलासले सनाखत पूर्वनै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुङ्गो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।








प्रतिक्रिया राख्नुहोस्