वडा कार्यालयद्वारा आमा समूहलाई स्ट्रेचर हस्तान्तरण

रोल्पा । रोल्पाको माडि गाउँपालिका–५ भाबाङले बिरामी भएका व्यक्तिलाई बोक्नको लागि शिशु स्वास्थ्य आमा समूह बाछे र हिउँचुली स्वास्थ्य आमा समूह हिउबाङलाई २ वटा स्ट्रेचर वितरण गरेको छ । वडा अध्यक्ष भरत बुढा मगरले सो स्ट्रेचरहरू हस्तान्तरण गर्नु भएको हो ।
बर्षातको कारण पहिरो गएर सडकमा यातायातका सवारीसाधन तत्काल चल्न नसक्ने गरी बन्द भएकाले गाउँ गाउँबाट बिरामीहरू स्वास्थ्य चौकी पुग्न निकै समस्या भइरहेकोले उक्त समस्या समाधान गर्न आमा समूहहरूलाई स्ट्रेचरको व्यवस्था गरिएको वडा अध्यक्ष बुढाले बताउनुभयो ।
त्यसै गरी अन्य टोल कोटबाङ, खुम्बासा, ताङ्धारा, उपल्लो सरुवा, शिपु लगायतको टोलहरूमा पनि स्ट्रेचर वितरण गर्ने गरी तयारी गरेको वडा कार्यालयले जानकारी गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्