तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन । नारायणगढ्को लायन्स चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दाङबाट सिमेन्ट लोड लिई जनकपुरतर्फ गइरहेको ना ८ ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आई रहेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको रत्ननगर न.पा.१० बस्ने बर्ष ३१ को यदुराज पौडेल गम्भीर घाइते भएकोमा उपचारको लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । 

मृतकको शव भरतपुर अस्पताल भरतपुरमा राखिएको र ट्रक तथा  ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button