तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोग र सभामुखविरुद्ध परेका छुट्टा–छुट्टै रिटमा आज सुनुवाई हुँदै

file photo

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गर्नुभएको रिटमा आज सुनुवाई हुदैछ ।

सर्वोच्च अदालतमा न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासले सो मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा सुनुवाइ गर्न लागेको हो ।एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध छुट्टा–छुट्टै तीन वटा रिट दायर गर्नुभएको छ । ती मध्ये दुई वटा रिटमा आज अन्तरिम आदेश दिने/नदिने विषयमा सुनुवाइ हुन लागेको हो ।

नेकपा एमालेले १४ जना सांसदलाई कारबाही गरेपछि सभामुखले सांसद पद निलम्बन नगरेको भन्दै अध्यक्ष ओलीले सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध रिट दायर गर्नुभएको थियो ।सो रिटमा भदौ २२ गतेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button