मेलम्ची पाँचपोखरी अवरुद्ध सडक खुल्यो , मेलम्ची नगरभित्रको अवरोध हट्यो
सिन्धुपाल्चोक।मेलम्ची नगरपालिकाले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ ।
पहिरोका कारण अवरुद्ध सडक मेलम्ची नगरपालिकाले खुलाएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । पहिरोका कारण सडक अवरुद्ध हुँदा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकहरूले सास्ती भोग्न परेको थियो । यस अघि पनि नगरपालिकाले पटक पटक अवरुद्ध सडक सञ्चालनको प्रयास गरे पनि वर्षा बाधक बनेको धितालले जानकारी दिनुभयो ।
सडक सञ्चालनमा आएसँगै भोताङ,गुन्सा,मानेखर्क,थाङ्पालकोट लगायत माथिल्लो भेगमा पुग्ग्नको लागि सहजता भएको छ । सडक खुलाइदिन नगरपालिकालाई थाङ्पाल बासिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक रुपमा अपिल समेत गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्