तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक उच्च अङ्कले वृद्धि

काठमाडौँ । नेपाली शेयर बजारमा आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।

 
आइतबार कारोबार मापक नेप्से ७१.४३ अङ्कले बढेर २ हजार ९४७.४२ अङ्कमा पुगेको छ ।  


आइतबार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ०.०५ बिन्दुले कारोबार ओरालो लागेको छ । 


आइतबार बैङ्किङ  व्यापार  होटेल तथा पर्यटन, विकास बैङ्क, जलविद्युत्, वित्त, निर्जीवन बीमा,उत्पादन, अन्य, लघुवित्त जीवन बीमा, लगानी उपसमूहको कारोबारमा वृद्धि भएको छ ।


कारोबारका आधारमा आइतबार अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ ।  आइतबार बजारमा विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button