तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा राना भाषालाई कामकाजको भाषा बनाउन माग

कैलाली । सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजको भाषामा राना थारु भाषालाई पनि समावेश गर्न यहाँका राना थारु नागरिकले आग्रह गरेका छन् ।

आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल राना थारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको राना थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन आग्रह गरेका हुन् । 

उनीहरूले भाषा आयोगको उक्त प्रतिवेदन प्रति विरोध जनाइएका थिए । 

“कैलाली र कञ्चनपुरका मूल बासिन्दा राना थारु समुदायलाई नेपाल सरकारले आदिवासी जनजातिका रुपमा अलग्गै सूचीकृत गरेको छ,” राना थारु समाजका अध्यक्ष कृपाराम रानाले भन्नुभयो, “अहिले भाषा आयोगले हामीलाई विभेद गरेको छ ।”

सुदूरपश्चिम प्रदेशका करिब ३ लाख बढी राना थारु समुदायका नागरिकको बसोबास रहेको छ । यहाँको २७ विद्यालयमा राना थारु भाषा पठनपाठन हुँदै आएको राना थारु समाजका उपाध्यक्ष कमल रानाले बताउनुभयो । 

उहाँले अझै पनि समय रहेको भन्दै राना भाषालाई कामकाजको भाषा बनाउन माग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button