प्रतिनिधि सभा बैठक : आज पनि एमालेको अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि पहिलो पटक सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
त्यस पछि पुनः सुरु भएको संसद्को आजको दोस्रो बैठकमा समेत नेकपा एमालेले अवरोध जारी राखेपछि सभामुखले अर्को बैठक पर्सि भदौ २९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८, एवं नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ लगायतका अध्यादेशहरू स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्