ओखलढुंगामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालकसहित ९ घाइते

ओखलढुंगा । ओखलढुंगामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका–६ मितेरीभन्ज्याङमा टाटा सुमो दुर्घटना हुदाँ बारा जिल्ला घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले बताउनुभयो ।
बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य ९ जना घाइते भएको उहाँले बताउनुभयो ।
घाइते हुनेमा दुई जना महिला, ४ जना नावालक र चालकसहितका अन्य पुरुषहरु छन् ।
दुर्घटनाका घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भईरहेको छ ।
सिद्धिचरण नगरपालिकाको निशंखेहुँदै मानेभज्याङ गाउँपालिका–१ मोलीको बाटो भएर काठमाडौंका लागि छुटेको सुमोमा १० जना सवार थिए ।
दुर्घटनाका घाइतेको उद्धार र घटना अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख काफ्ले सहितको प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यलय ओलखढुंगाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्