तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा सेतो पुतली (सापु ) को संक्रमण बढ्दो

पोखरा । कास्कीमा केही दिन देखि सेतो पुतली (सापु) को संक्रमण तीव्र गतिमा देखिएको छ । दुई सातामा सेतो पुतलीको सङ्क्रमणबाट अस्पतालमा करिब २५ जना आँखाका बिरामी आएको हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग विशेषज्ञ डा. इन्द्र महर्जनले बताउनुभयो ।  
प्रायः गरी भदौ र असोज महिनामा देखा पर्ने यो सेतो पुतलीको झुसका कर्णहरू आँखामा पर्न गए समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने डा. महर्जनको दाबी छ । पछिल्ला  दुई हप्तामा  सेतो पुतलीको झुसका कणहरू बिझेका कारण आँखामा पिपसमेत परेर शल्यक्रिया गर्नुपरेको उहाँले  बताउनु भयो । आँखामा सेतो पुतलीको झुस बिझेर रातो र सुनिएका करिब २५ जना बिरामी हिमालय आँखा अस्पतालमा उपचार गर्न आएको नेत्र विशेषज्ञ डा.महर्जनले जानकारी दिनु भयो । 

आँखा रातो र सुनिएको अवस्थामा जतिसक्दो छिटो आँखा अस्पतालमा गएर उपचार गर्दा निको हुने उहाँले बताउनु भयो ।  आँखामा पिप परेको अवस्थामा आँखामा सुई लगाउने र आँखाको अप्रेसन गर्ने दुई ढङ्गबाट उपचार गर्न सकिने भएको डा. महर्जनको भनाई रहेको छ । केही समयअघि पाँच वर्षमुनिका बालबालिकामा सेतो पुतलीको संक्रमण देखा परे पनि पछिल्लो पाँच वर्ष यता सबै उमेर समूहका व्यक्तिमा सेतो पुतलीको संक्रमण धेरै देखा पर्न थालेको छ । 

अस्पतालमा हालसम्म पोखरासहित बागलुङ र म्याग्दीबाट आँखाका बिरामी आउने गरेको डा. महर्जनको भनाई छ  । केही समय अघि ५ बर्ष मुनिका बालबालिकाहरूमा सेतो पुतलीको संक्रमण देखा परे पनि पछिल्लो ५ बर्ष यता सबै उमेर समूहका व्यक्तिमा सेतो पुतलीको संंक्रमण देखा पर्न थालेको उहाँले बताउनु भयो ।  

पोखरामा केही बर्ष देखि सेतो पुतली आतङ्क जस्तै भएको छ । ५ बर्ष मुनिका बालबालिकाहरूमा सेतो पुतली संक्रमण बढी हुने हुँदा यसबाट जोगाउन बालबालिकाहरूलाई यो पुतलीबाट बचाउनु पर्छ उनीहरूले सेतो पुतली  खेलाउँदा आँखामा पर्ने झुसले उनीहरूको आँखा समेत गुम्न सक्ने हुँदा अभिभावकहरू यो प्रति सचेत रहन महर्जनको आग्रह रहेको छ । सेतो पुतली संक्रमित भएका बिरामीलाई समयमै वा एक दिन भित्र उपचार गर्न सम्बन्धित अस्पतालमा पुर्‍याउन सकेको खण्डमा सुइँ, अप्रेसन, औषधि कुनै विधिबाट उपचार सम्भव हुने डा.महर्जनले दाबी रहेको छ । 

सेतो पुतली सङ्क्रमणले कालो आँखाको भागमा सेतो देखिनु जहाँ ब्याक्टेरिया समेत देखिने गरेको चिकित्सकले बताएका छन्  उहाँका अनुसार “आँखामा एन्टिबायोटिक इन्जेक्सन लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति बचाउन सकिन्छ । ” सेतो पुतलीको रियाक्सनले समयमै उपचार हुन नसके आँखाको रेटिना सहितको भाग नै नष्ट पार्ने डा.महर्जनले भनाई रहेको  छ । यस्तो सङ्क्रमणबाट बचाउन सबै सरोकारवाला निकाय सजग हुन डा. महर्जनले आग्रह समेत गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button