तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सकियो

फाइल तस्बिर

काठमाडौँ । बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, संसद्मा प्रस्तुत बजेट प्रतिस्थापन विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकमा सरकार विस्तारबारे छलफल भए पनि ठोस निर्णय भने भई नसकेको उहाँले बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button