रहेनन् स्पाइनल मस्कुलर एट्रोफि पीडित उस्मान

तनहुँ । विश्वकै दुर्लभ रोग एसएमए (स्पाइनल मस्कुलर एट्रोफि)बाट पीडित तनहुँको शुक्लागण्डकी नगरपालिका ५ गल्छिनाका ९ महिने बालक उस्मान अली मोहम्मदको मृत्यु भएको छ ।
मोहम्मदको उपचारको क्रममा काठमाडौँमा शनिबार बिहान निधन भएको हो । ठुलो धनराशि खर्च हुने यो रोगको उपचारका लागि आर्थिक सङ्कलन तीव्र पारिए पनि उस्मानको निधनसँगै अभियानको अन्त्य भएको छ ।
लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएका उस्मानलाई उपचारका लागि भारत लैजाने तयारी गरिएपनि शनिबार अकस्मात् निधन भएको परिवारजनले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्