तपाईँ सुन्दै हुनुहुन्छः

उराँव समुदायले करमको जमरा राखे

सुनसरी । सुनसरीका उराँव समुदायले आफ्नो महान् पर्व करमको लागि जमरा राखेका छन् ।घरघर र समूहमा समेत जमरा राख्ने काम गरेको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले जनाएको छ ।

यही असोज ४ गते पर्न गएको उराँव समुदायेको करम पूजा मनाउने क्रममा शनिबार जमरा राखेको प्रतिष्ठानले जनाएको छ ।
सुनसरीका उराँव समुदायले आफ्नो महान् पर्व करम पूजा जमरा राखेर सुरु गरेका प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताउनुभयो । उराँवका अनुसार प्रतिष्ठानले स्वास्थ्य मन्त्रालय र प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर र स्वास्थ्य सुरक्षा विधि अपनाएर करम पूजा प्रारम्भ गरेका हुन् ।

कोरोना कारणले नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको भवनमा जमरा राख्ने कार्य शनिबार सम्पन्न गरेको जमरा राखेर भाद्र पूर्णिमाका दिन साँझ विधि पूर्वक पूजा सुरु गरी अर्को बिहान पूजाआजा गरी सम्पन्न गर्ने विधि भएपनि कोरानाले औपचारिक अन्य ठूला कार्यक्रम नगर्ने भएको छ । नेपालीहरुको महापर्व विजया दशमीको आगमन पूर्व नै उराँव जातीको करम पूजा प्रारम्भ हुन्छ यो पर्वको आफ्नै महत्त्व रहेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।

अध्यक्ष उराँवका अनुसार पूजामा उराँव समुदायले करम र करमको हाँगा वा वेलको रुखको हाँगालाई राखेर करम देवताको पूजा गर्ने र पूजाका लागि १ हप्ता अघिदेखि नै जमरा राख्ने आफ्नो पुरानै संस्कार र परम्परा अनुसार जमरा राखेको हो ।
दसैँमा जमरा राखे जस्तै करम पूजाका लागि उराँव समुदायका युवा युवतीहरू सामूहिक व्रत बसेर जमरा राख्ने परम्परा रहेको प्रतिष्ठानका सम्पतलाल उराँवले बताउनुभयो ।

एक हप्ता पछि उम्रिएका जमरालाई फुलको रुपमा करम पूजामा प्रयोग गर्ने गरिन्छ । यो पर्वमा उराँव समुदायले राम्रो लुगा लगाउने, मिठो मसिनो खाने र बर्त समेत बस्ने प्रचलन छ ।नेपालमै सबै भन्दा बढी उराँवहरुको बसोबास सुनसरी जिल्लामा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button