तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा जीपले ठक्कर दिँदा ६ वर्षीय बालकको मृत्यु


स्याङ्जा । स्याङ्जामा जीपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका १० राङखोलास्थित समाताटोलका सुमन गुरुङका ६ वर्षीय छोरा आयोन गुरुङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार शनिबार बेलुका राङखोला समाताटोल भित्री सडक खण्डमा राङखोलाबाट जाँदै गरेको लु १ च ६०७९ नम्बरको जीपले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।

जीप चालक पुतलीबजार नगरपालिका १० राङखोला बस्ने २८ वर्षीय निरज शाही फरार रहेकोले खोजतलास गरिरहेको प्रहरीले बताएको छ । प्रहरीले जीपलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button