तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

सिराहा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सिराहाको नरहा गाउँपालिका–३ चोहर्वाबाट प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


दुई जना किशोरीलाई भारततर्फ बेचबिखनको लागि लैजान लागेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सप्तरी कञ्चनरुप नगरपालिका–११ बेङगरी बस्ने २८ वर्षीया ललिता चौधरी र सिराहा धनगढिमाई नगरपालिका–१ बाखैर बस्ने ३५ वर्षीया उषादेवी मलाहलाई पक्राउ गरेको हो । 


उनीहरूले दुई जना किशोरीलाई मासिक ५० हजार रुपैयाँको काम लगाइदिने भनी प्रलोभनमा पारी ललाई फकाई लहानसम्म बोलाई लहानबाट पुन जनकपुरमा अझ राम्रो काम पाइने भनी गाडीमा चढाई बिच बाटैबाट नेपाल भारत सिमानाका सिराहा माडरतर्फ बेचबिखनको लागि ओसारपसार गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।


उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता गरी भोलि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button