कागेश्वरी धाममा वृक्षारोपण, १ हजार ५ सय बिरुवा रोपियो

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी धाममा आज वृक्षारोपण गरिएको छ ।
कागेश्वरी मन्दिर जाने बाटोमा निर्माण गरिएको एक हजार सिँढीको दायाँ बायाँ स्थानीयले घरमै तयार पारेको करिब १ हजार ५ सय फूल, फल र रुखका हुर्केका बिरुवा रोपेको वाग्मती प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

कागेश्वरी धामको विकासका लागि चालु आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले २० लाख र कागेश्वरी मनोहरा नगरपालिकाले ६० लाख विनियोजन गरेको छ ।

गोकर्ण– तारेभिर, सुन्दरीजल–कागेश्वरीधाम, लोकतान्त्रिक सहिद उद्यान–मणिचुड, बज्रयोगिनी–जहरसिङ्ह पौवालाई पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयो ।










प्रतिक्रिया राख्नुहोस्