तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्छः अध्यक्ष नेपाल

नेपालगन्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्ने बताउनुभएको छ । 


युवा सङ्घ नेपाल, लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरूको चासो रहेको बताउनुभयो । 


उहाँले एमसीसीले देशको आन्तरिक मामिलामा खलल नपुर्‍याई देश विकासमा मात्रै सीमित हुनुपर्ने स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button