सुक्खा पहिरोले कर्णाली राजमार्गको जुम्ला खण्ड अवरुद्ध

जुम्ला । सुख्खा पहिरोका कारण कर्णाली राजमार्गको जुम्ला सडक खण्ड अवरुद्ध भएको छ ।
सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्गको जुम्ला खण्डको लुम्सेरा नजिक सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि साना ठुला यात्रु बाहक तथा मालवाहक सवारी जाम परेका छन् भने यात्रुहरू अलपत्र भएका छन् । जुम्ला हुँदै सुर्खेत, नेपालग्ज जाने ।जुम्ला तर्फ आउने सिञ्जा जाने सवारी अलपत्र परेका हुन् ।

बिहानै देखि सडक अवरुद्ध भए पनि पहिरो पन्छाउन ढिलाइ भएको पहिरो स्थलमै पुग्नुभएका सञ्चारकर्मी गोल्डेन बुढाले बताउनुभयो । उहाँले यात्रु तथा सवारी अलपत्र परेकाले चाँडो सडक सुचारु गर्न सरोकारवाला निकायलाई सुझाव दिनुभयो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले पहिरो पन्छाउन मेसिन पहिरो गएको स्थानतर्फ पठाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिरो चाडै पन्छाइन्छ । नागरिकलाई धेरै सास्ती हुदैन् । आजै साँझसम्म पहिरो पन्छाई छ । केही घण्टामा सडक सुचारु हुने गरी पहिरो पन्छाउने काम जारी छ ।”









प्रतिक्रिया राख्नुहोस्