पर्यटन प्रवर्द्धनका लागि ‘लिभिङ म्युजियम’ बनाउनुपर्छः ऊर्जा मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको भाषा एवं संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनका लागि ‘लिभिङ म्युजियम’ (जीवित सङ्ग्रहालय) बनाउनुपर्ने बताउनुभएको छ ।
ज्यापु समाज यल (ललितपुर)को २८औँ वार्षिक साधारण सभा एवं १० औँ अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ललितपुरका जनताले कला संस्कृतिलाई संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसलाई निरन्तर कायम राख्दै लैजानुपर्ने बताउनुभयो ।
नेपालको नेवाः संस्कृति सम्पन्न र समृद्ध रहेको उल्लेख गर्दै उहाँले आफ्नो भाषा, कला एवं साहित्यलाई केन्द्रमा राखेर स्थापना भएको ज्यापु समाज यलका संस्थापकदेखि नेतृत्व गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजका विभिन्न विधामा महत्त्वपूर्ण योगदान गर्ने ज्यापू समाजका सदस्यहरूलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्