तपाईँ सुन्दै हुनुहुन्छः

क्रियाशील सदस्यता सूची अविलम्ब प्रकाशन गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।


पार्टीका एक दर्जन युवा नेताले आज संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गर्नुभएको छ ।


हाल काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका अनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने २० जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button