तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु

मकवानपुर । मकवानपुरमा ड्रागन फ्रुटको व्यावसायिक रूपमा खेती सुरु गरिएको छ । पछिल्लो समय करोडौँ लगानी गरी यहाँका किसान ड्रागन फ्रुटको व्यावसायिक खेती गर्न लागिपरेका छन् ।  


जिल्लामा दुई वर्षयता १५ बिघा क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गरिँदै आएको छ । सो खेतीको विस्तार क्रमशः बढ्दै गएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत उमराज अर्यालले  जानकारी दिनुभयो ।


जिल्लाको गर्मी ठाउँमा यसको व्यावसायिक रूपमा खेती भइरहेको छ । 


जिल्लाको मनहरि, बकैया, मकवानपुर गढी तथा हेटौँडा उपमहानगरपालिकाका विभिन्न ठाउँमा ड्रागन फ्रुटको व्यावसायिक खेती भइरहेको छ । सबैभन्दा बढी हेटौँडा–११, १२ र १७ मा यसको खेती गरिएको छ । 


ड्रागनले एक पटक लगाएपछि २० वर्षसम्म सोही बिरुवाबाट फल दिने गर्दछ । 


दुई वर्षदेखि ड्रागन खेतीमा समर्पित मनहरिका हरिशरण अर्याल लगानीअनुसार प्रतिफल प्राप्त भइरहेको बताउनुहुन्छ । अर्यालले प्रतिकिलो ड्रागन ६ सयदेखि रु सात सयसम्ममा बिक्री गर्दै आउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button