मुख्यमन्त्री केसी र प्रधानमन्त्री देउवाबिच भेट

रुपन्देही । मन्त्रिपरिषद् बिस्तारमा गठबन्धनको भागबन्डा, बजेट प्रतिस्थापन लगायतका विषयमा सहमति जुटाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गठबन्धन दलका नेताहरूलाई भेट्नुभएको छ ।
मुख्यमन्त्री केसीले प्रमुख प्रतिपक्ष एमालेले गरेको सदन अवरोधलाई कसरी समन्वय गरे अगाडि बढाउने लगायतका विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरूसँग छलफल गर्नुभयो ।
मुख्यमन्त्री केसीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरूसँग भेटघाट गर्नुभएको प्रेस संयोजक मानसिंह विकले जानकारी दिनुभयो ।
प्रधानमन्त्री लगायत पार्टीका उच्च नेताहरूले लुम्बिनी प्रदेशको विकासका लागि सके जति पहल गर्ने विश्वास व्यक्त गरेको मुख्यमन्त्री केसीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्