तपाईँ सुन्दै हुनुहुन्छः

थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

File photo

काठमाडौँ । आज देशभरि थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

८ हजार ५ सय ४९ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ९ सय ६१ जना तथा २ हजार ३ सय ६७ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जना गरी जम्मा १ हजार १ सय ४६ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
गएको २४ घण्टामा १ हजार ६ सय ६० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

त्यस्तै कोरोना सङ्क्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । 

यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय २४ जना पुगेको छ ।

देशभरका १५ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

आज दश वर्ष मुनिका ३३ जना बालबालिका र १० देखि २० वर्ष मुनीका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

सबैभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । 

आज २९ हजार १ सय ८९ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । 

यस्तै देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २७ हजार ९ सय ५८ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ४ सय ५८ जनाले आइसियु र १ सय ४५ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button