तपाईँ सुन्दै हुनुहुन्छः

‘तीज पर्वले सामाजिक, सांस्कृतिक एकता सुमधुर बनाउन सकोस्’

काठमाडौं।सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्‍याउन सकोस् भनी शुभकामना व्यक्त गर्नु भएको छ । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।

“नेपाली समाजमा रहेका सबै खाले विभेद एवं हिंसाको अन्त्य र समतामूलक समाज निर्माणका लागि परिवर्तनकारी आन्दोलनमा महिलाहरूले खेलेको भूमिकाको उच्च प्रशंसा छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “अधिकारको सही अभ्यासका साथ थप अधिकारका लागि एकजुट भई लाग्न यस पर्वले प्रेरणा प्रदान गरोस् ।” उहाँले कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर खुसीयालीका साथ पर्व मनाउन सम्पूर्ण दिदीबहिनीमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button