तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक फेरी १५ मिनेटको लागि स्थगित

काठमाडौँ । आजदेखि सुरु भएको प्रतिनिधि सभाको ९ औँ अधिवेशननेकपा एमालेका सांसदहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ । 

आजको बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरुले दलका १४ जना सांसदको कारबाहीका सम्बन्धमा सभामुखले दल फुटाउने गरी काम गरेको आरोप लगाउँदै यथास्थितिमा बैठक चल्न दिन नसकिने भन्दै उठेर विरोध जनाउनुभयो । 

सांसदहरूको विरोध पछि सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सचेतक विशाल भट्टराईलाई बोल्न समय दिनुभयो । 

बैठकमा एमाले सचेतक भट्टराईले विगतमा जसपा सांसद सरिता गिरी र माओवादी केन्द्रका ४ जना सांसदको पदमुक्त गरिएकोमा एमालेका १४ जना सांसदले फ्लोर क्रस गर्दा उनीहरूलाई पदमुक्त किन गरिएन प्रतिप्रश्न गर्नुभयो । 

उहाँले स्वयम सभामुख नै एमाले विभाजनमा लागेको आरोप लगाउनुभयो । त्यसपछि नेकपा एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्नुभयो । 

सभामुखले पटक–पटक आग्रह गर्दा पनि एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button