मनकामना केबलकार सञ्चालनमा

मुग्लिन । कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ ।
मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो ।
स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
आज बिहानबाट केबलकार सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।
गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेसन) चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्