तपाईँ सुन्दै हुनुहुन्छः

सहायक कर्मचारीसहित तीन जनाविरुद्ध आरोप–पत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैङ्क लिमिटेडको सर्लाही मलंगवास्थित शाखाका सहायक कर्मचारी सन्तोषविक्रम शाहसहित तीनजनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरेको छ ।


लालबन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैङ्क ग्यारेन्टीको आधारमा भुक्तानी गरेको आरोपमा शाहसहित तीन जनाविरुद्ध आरोप–पत्र दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 


विज्ञप्तिमा शाहले अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको आरोपसहित ४२ लाख रुपैयाँ बिगो माग दाबी गरिएको उल्लेख छ ।


यसैगरी  भुक्तानी जमानत तयार पारेको आरोपमा लोकवीर बेताली/पाँच कुमारी जेभीका साझेदारहरू अनिल गुप्ता र शिव नन्दन पासवानविरुद्ध पनि अख्तियारले आरोप–पत्र दायर गरेको विज्ञप्ति मार्फत जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button