तपाईँ सुन्दै हुनुहुन्छः

बझाङका २५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

बझाङ । बझाङका २५ जना जनप्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । 


आइतबार र सोमबार जिल्ला निर्वाचन कार्यालय बझाङमा पुगेर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।


जिल्ला निर्वाचन कार्यालयमा समाजवादीमा हस्ताक्षर गर्नेमा केदारस्युँ गाउँपालिकाका २४ जना, थलारा गाउँपालिकाका १ जना गरी बझाङबाट नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधि जम्मा २५ जना रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button