तपाईँ सुन्दै हुनुहुन्छः

२ हजार ७२ जना कोरोना सङ्क्रमणमुक्त

File photo

काठमाडौँ । आज देशभर २ हजार ७२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । योसँगै हालसम्म ७ लाख ३१ हजार जना कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १ हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार ११ हजार १ सय एघार वटा नमुनाको  आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ४ सय २३ जना तथा ३ हजार ९ सय २३ वटा नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ५४ जना गरी जम्मा १ हजार ६ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसै गरी आज २१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै हालसम्म १० हजार ८ सय ७९ जनाको मृत्यु भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै देशभरि होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३० हजार ३ सय ३ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् । जसमध्ये  ५ सय १४ जनाले  आइसियु र १ सय ५४ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसै गरी आज ८० हजार ४ सय जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button