जसपा सुदूरपश्चिम संसदीय दलका नेता लोसपामा
धनगढी । सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता कृष्णबहादुर चौधरीले लोकतान्त्रिक समाजवादीका पक्षमा सनाखत गर्नुभएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढी पुगेर नेता चौधरीले जसपा छाडेर लोसपाका पक्षमा सनाखत गर्नुभएको हो ।
चौधरीले लोसपा रोजेपछि जसपा समेत विभाजित भएको छ । सुदूरपश्चिम प्रदेश सभामा जसपाका २ जना प्रदेश सभा सदस्य रहेका छन् । अर्का प्रदेश सभा सदस्य मालामती राना जसपामै रहेको बताइएको छ । दुवै जना तत्कालीन राजपाबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्