६२ घरपरिवारलाई राहत वितरण

वीरगञ्ज । पर्साको जिरा भवानी गाउँपालिकाको वडा नं.०२ मा ६२ विपन्न घर परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ ।
भोलिन्टीयर काँप नेपाल (भिसिएन)ले सेढवा टोलमा रहेका ६२ घर परिवारलाई प्रति परिवार २५ के.जी चामल, एक किलो दाल, एक प्याकेट नुन, एक बोतल खाने तेल, नुहाउने तथा भाडा सफा गर्ने साबुन एक एक पिस र मन्जन एक पिस प्रदान गरेको भिसिएनका पर्सा संयोजक प्रकाश थारुले जानकारी दिनुभयो ।
जिरा भवानी मन्दिरमा एक कार्यक्रम मार्फत सेढवा टोलका माझी तथा दलित बस्तीका ६२ घरका प्रत्येक परिवारलाई भिसिएनका अध्यक्ष दिपक चापागाईँ तथा उपाध्यक्ष राधा मटाङगी, सशस्त्र प्रहरी सुरक्षा बल जिरा भवानीका सशस्त्र प्रहरी निरीक्षक केदार राईले संयुक्त रुपमा राहत हस्तान्तरण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्