२ लाख ४९ हजार बढीको अवैध समान बरामद
कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले २ लाख ४९ हजार बराबरको अवैध समान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले नगरपालिकाका विभिन्न क्षेत्रमा गस्ती गर्ने क्रममा भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न ब्रान्डका साडी, जुत्ता, सर्ट र लेडिज सुट लगायत विभिन्न समान बेवारिसे अवस्थामा फेला पारिएको जनाएको छ ।
सामानको अन्दाजी मूल्य २ लाख ४९ हजार ५ सय ५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको समान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दियो ।








प्रतिक्रिया राख्नुहोस्