बजार अभावले पातारासीका किसानको ४० क्विन्टल प्याज थन्कियो

जुम्ला । बजार अभावले जुम्ला पातारासीका किसानको लाखौँको प्याज कुहिने अवस्थामा पुगेको छ ।
जेठ महिनामा कोरेर भण्डारण गरिराखेको प्याज हालसम्म बजारमा पुर्याउन नसक्दा कुहिन थालेको हो । भण्डारण गरेर राखेको लाखौँको प्याज कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।
बजार व्यवस्थापनका लागि सरोकारवालाहरूलाई सहजीकरण गरिदिन किसानहरूको माग छ ।
जुम्लाको एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा प्याज खेती हुन्छ । चन्दननाथ नगरपालिका १ तलिचौरलाई प्याजको भण्डारणका रुपमा हेरिँदै आएको छ ।
गत वर्ष जुम्लाको प्याज सुर्खेत, नेपालगन्ज, काठमाडौँ, बुटवल, जाजरकोट कैलालीसम्म पुगेको थियो । गत वर्ष बारीमै ७० रुपैयाँ केजीमा प्याज बेचेको किसानहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्