तपाईँ सुन्दै हुनुहुन्छः

रेडियोकर्मी शान्ति गुरुङ सम्मानित

पोखरा ।वरिष्ठ संस्कृतिकर्मी स्वर्गीय लोकबहादुर गुरुङको सातौँ स्मृति दिवसको अवसरमा वरिष्ठ सञ्चारकर्मी एवम् लोक गायिका शान्ति गुरुङ सम्मानित हुनुभएको छ ।

लोकबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित स्मृति दिवसमा रेडियो नेपाल प्रादेशिक प्रसारणकी उपप्रमुख एवम् वरिष्ठ सम्पादक, तमु सञ्चारकर्मी सङ्घ कास्कीकी अध्यक्ष, वरिष्ठ लोक गायिका गुरुङलाई ३५ हजार नगदसहित सम्मान पत्र, दोसल्लासहित सम्मानित हुनुभएको छ ।

सम्मानित गुरुङलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य मीना गुरुङ, प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्याम, स्वर्गीय लोकबहादुर गुरुङको धर्मपत्नी सीता गुरुङले संयुत्तरुपमा सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहण पछि बोल्दै सम्मानित शान्ति गुरुङले भन्नुभयो “ कलाकारिता र पत्रकारिताका लागि सधैँ प्रोत्साहन गरिरहेका आदर्श व्यक्तित्वको स्मृतिमा सम्मानित हुन पाउँदा अत्यन्त भावुक भएको बताउनु भयो । स्वर्गीय लोकबहादुर गुरुङ आफ्नो र यस क्षेत्रका कलाकार, पत्रकारहरू एवम् विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूको पथ प्रदर्शक रहेको भन्दै उहाँ सधैँ अमर रहने बताउनुभयो ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य मीना गुरुङले स्वर्गीय गुरुङलाई स्मरण गर्दै आफूलाई सधैँ मार्ग निर्देशन गरिरहने व्यक्तित्वको अभाव खड्किएको बताउनु भयो । अन्य क्षेत्रमा जस्तै राजनीतिक क्षेत्रमा क्रियाशीलताका लागि उनकै प्रोत्साहनले अहिले आफु सभासद् भएको भन्दै सबैको प्रिय व्यक्तित्व गुमाउँदाको पिडा प्रतिष्ठानले अमर बनाएको उहाँको भनाई थियो ।

लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले स्वर्गीय गुरुङ संस्कृति, शिक्षा लगायत धेरै विषयको भण्डार भएको बताउँदै आफूले निकै समय सहकार्य गर्दा धेरै सिक्ने अवसर पाएको स्मरण गर्नु भयो । उहाँकै कारणले आफु अहिलेको अवस्थामा आएको बताउँदै लोक संस्कृतिका अर्का राष्ट्रकै विभूति मेनकाजी गुरुङलाई राष्ट्रले उचित सम्मान गर्न नसकेको गुनासो समेत गर्नु भयो ।

प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्यामको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व शान्तिको गुरुङको बारेमा गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङले चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button