बनेपा बजार डुबानमा

काभ्रे । काभ्रेको बनेपा बजार डुबानमा परेको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडकखण्ड अवरुद्ध भएको हो ।
अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा सवारीसधान फसेका छन् ।
डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्