तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा पहिरोले एक जनाको मृत्यु, दुई जना घाइते

जाजरकोट।अविरल वर्षाका कारण खसेको पहिरोले जाजरकोटको नलगाड नगरपालिका ५, ढार सिर्केका गोरख खड्काका ९ वर्षीय छोरा प्रचञ्डको मृत्युभएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक अर्जुन साउद जानकारी दिनुभयो ।

पहिरोमा परी गोरख खड्का र उहाँकी श्रीमती घाइते हुनुभएको छ । घर माथिबाट पहिरो आएको हो । घाइते दुवै जनालाई उपचारका लागि जाजरकोट खलङ्गा पठाइएको उहाँले बताउनुभयो । पहिरोले अन्य ६ घर उच्च जोखिममा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button