तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा पहिरोले विद्युतगृह बगायो

म्याग्दी । म्याग्दीको दरखोलामा आएको बाढीले गएराती धवलागिरी गाउँपालिका–२ लुलाङमा रहेको लघुजलबिद्युत परियोजनाको पावरहाउस (बिद्युतगृह) बगाएको छ ।

४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र बिद्युतगृह बाढीले बगाएको हो । वडा अध्यक्ष गमप्रसाद बिकले दरखोलामा आएको बाढीले लघुजलबिद्युत परियोजनाको संरचना बगाएको जानकारी दिनुभयो ।

‘दरखोलाको बाढीले कटान गरेर लघुजलबिद्युत परियोजना बगाएको हो,’ उहाँले भनुभयो , ‘पावर हाउस भएको ठाउँमा खोला बगेको छ ।’ उहाँका अनुसार खबाङको दोभानमा रहेको बाँध, ७२५ मिटर लामो पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा रहेको विद्युतगृहमा बाढीले क्षति गरेको छ ।

परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा बिद्युत आपुर्ति बन्द भएको छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएका छन । उज्यालोका लागि टुकी र सोलारमा भर पर्नुपर्ने अवस्था आएको वडा अध्यक्ष गमप्रसाद बिकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button