ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ
बर्दिया । बर्दियामा ३ ग्राम ८ सय मिलिग्राम लागु औषध ब्राउन सुगरसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका वडा नं.११ मा हरिबहादुर थापालाई ब्राउन सुगर र मोटरसाइकलसहित पक्राउ गरेको हो ।
थापामाथि लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्