रेडियो नेपालका पूर्व प्राविधिक उपनिर्देशक यादव ठाकुरको निधन

काठमाडौँ । रेडियो नेपालका पूर्व प्राविधिक उपनिर्देशक यादव ठाकुरको ७० वर्षको उमेरमा आज निधन भएको छ ।
मधुमेह र मिर्गौला रोगबाट पीडित ठाकुरलाई एक साताअघि हदयघात भई काठमाडौँको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
करिब ३२ वर्ष रेडियो नेपालको सेवा रहनुभएका ठाकुरका श्रीमती , एक छोरा र तीन छोरी हुनुहुन्छ ।
ठाकुरको निधनमा रेडियो नेपालले दुःख व्यक्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्