तपाईँ सुन्दै हुनुहुन्छः

वी.पी साहित्य सम्मान पुरस्कार रेग्मीलाई प्रदान गर्ने निर्णय

काठमाडौँ । वी.पी कोइराला स्मृति ट्रस्टले यस वर्षको वी.पी साहित्य सम्मान पुरस्कार आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।


यसैगरी ट्रस्टले वी.पी. सेनानी पुरस्कार भक्तपुरका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई प्रदान गर्ने भएको छ ।


ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा सदस्यहरु डा. ध्रुवचन्द्र गौतम र सशीलमान शेरचनको समितिले कवि रेग्मी र सेनानी कायस्थलाई पुरस्कार दिन सिफारिस गरेको हो ।


ट्रस्टले २०७१ सालदेखि प्रदान गर्दै आएको  वी.पी साहित्य सम्मानको राशि एक लाख एक हजार र वी.पी. सेनानी पुरस्कारको राशि ५१ हजार रहेको छ ।


ती दुवै पुरस्कार यही भदौ २४ गते वी.पी जयन्तीका दिन प्रदान गरिने ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button