तपाईँ सुन्दै हुनुहुन्छः

छ करोड बढी लगानीमा ‘किसान मार्ट’ सञ्चालन

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा छ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ । 


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको उद्घाटन गर्नुभयो ।  


किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवर्द्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताउनुभयो । 
७५ हजारभन्दा बढी सदस्य रहेको सहकारीका ५०० शेयर सदस्यको लगानीमा किसान मार्ट सञ्चालन भएको हो ।


विशेष गरी गैँडाकोट नगरपालिकावासीको सुविधालाई ध्यानमा राखी किसान मार्ट सञ्चालन गरिएको पराजुलीले बताउनुभयो । मार्टमा स्थानीयले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।


किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको किसान मार्टले स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य लिएको मार्टको प्रवर्द्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button