तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओली अस्वस्थ

File Photo

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । 

शुक्रवारदेखि उहाँमा सामान्य ज्वरो आएको उहाँका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो । 

उहाँका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट शुक्रवारदेखि रोकिएको छ । अहिले उहाँ बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button