माओवादी बैठकः सुझाव समेटेर विधान परिमार्जन गर्ने विषयमा छलफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी विधानका विषयमा आएको सुझावहरूलाई समेटेर विधानलाई परिमार्जन गर्ने विषयमा छलफल भएको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आज बसेको बैठकले पार्टीको नियमावली तयार गर्नका लागि एउटा कार्यदल बाउने र पार्टीमा हुने आन्तरिक सभा सम्मेलनहरू आयोजना गर्नका लागि निर्वाचन समिति र नियमावली बनाउने विषयमा पनि छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिनुभयो ।
बैठकमा समसामयिक राजनीति विषयमा समेत छलफल भएको नेता गुरुङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्