तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रागिरिमा भोलिदेखि जीपलाइन सञ्चालन हुने

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा भोलिदेखि जीपलाइन सञ्चालन हुने भएको छ । 


चन्द्रागिरि हिल्स लिमिटेडको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागिएको हो ।


चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भालेश्वर मन्दिर नजिकदेखि खेल मैदानसम्म १०० मिटर जीपलाइन सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । 


यसअघि रिसोर्ट जाने पाहुनालाई मात्र केबलकारको सेवा प्रदान गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले शनिवारदेखि स्वदेशी तथा विदेशी पर्यटक समेतलाई केबलकारले सेवा प्रदान गर्ने महाप्रबन्धक शाहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button